Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ २३ गते ।

मधेश सरकारले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतासहितको नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

कृषि क्षेत्रमा एक वडा एक एग्रोभेट निर्माण, उत्पादनमा वृद्धि ल्याउन अनुदानमा आधारित कृषि कार्यक्रम, पशुपंक्षी विमा, सिंचाइमा जोड, चकलाबन्दी खेती लगायतको नीति लिएको छ ।

शिक्षा क्षेत्रमा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सो कार्यक्रम अन्तर्गत छोरी शिक्षा विमा, कक्षा ८ की छात्रालाई साईकल वितरण र कक्षा १२ का छोरीलाई ल्यापटप उपलब्ध गराउने छ । त्यस्तै जिल्लाको कम्तिमा एकवटा विद्यालयलाई नमुना घोषणा गर्ने नीति समेत लिएको छ ।

यस्तै मुख्यमन्त्री स्वच्छता कार्यक्रमलाई निरन्तरता दिने, धार्मिक तथा संस्कृतिक मठमन्दिरलाई पर्यटनको दृष्टिकोणले विकास गर्ने, जनता आवास कार्यक्रमलाई निरन्तरता दिने लगायतको नीति तथा कार्यक्रम मधेश सरकारले ल्याएको छ ।

नीति तथा कार्यक्रमको पूर्णपाठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *