Samajik Feed – News Portal from Nepal

सामजिक फीड-
जनकपुरधाम,जेठ २० गते ।

चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केका छन् ।

शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट उनी काठमाडौं फर्केका हुन् ।

गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भारतसित विभिन्न सम्झौता तथा समझदारी गरेका थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए ।

भ्रमण सकेर फर्किएलगत्तै भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यसअघिका भ्रमणभन्दा यो पटक उपलब्धिपूर्ण भएको दाबी गरेका छन्।

उनले ईपीजीकै कुरा धेरै उचालेर आर्थिक र द्विपक्षीय सहयोगका अरु क्षेत्रमा भएको परिणाममुखी वातावरण विगार्न नचाहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *