Samajik Feed – News Portal from Nepal

१२ असोज, जनकपुरधाम। यहि मङ्सिर ४ गते हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि अचारसंहिता लागु गरिएको छ।
अचारसंहितामा प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । सरकारी कर्मचारी लगायत कुनै संघ संस्थाले कुनै पनि दलको पछाडी लागि उसको प्रचार प्रसार गर्ने छैनन्। उमेद्वारहरुले कुनै सार्वजनिक प्रचार प्रसार र सम्मेलन गर्ने नपाउने।

निर्वाचन आयोगद्वारा मंगलबार बैठकमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ मा भएका कानुनी व्यवस्था कार्यान्वयन र परिपालना गर्न आदेश गरेका छन्।
उमेद्वारहरुले प्रशासनको अनुमति लिई मात्र प्रचार गर्न मिल्ने र टि-शिर्ट, टोपीहरु जस्ता वस्तु प्रयोग गर्न मिल्ने व्यवस्था रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *