Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ ४ गते ।

मधेश प्रदेश सरकारको नेतृत्व छाड्न (जसपालाई दबाव बढेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेेताको उपस्थितिमा भएको छलफलमा जसपा बाहेकका गठबन्धन भित्रका दलले यस्तो दबाब दिएको हो ।
यद्यपि शीर्ष नेताहरुको उपस्थितिमा भएको छलफलमा कुनै सहमति भने जुट्न सकेन ।

मधेस प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री छन् । सत्तारुढ ५ दलका नेताहरुका अनुसार १० वैशाखको उपचुनावअघि नेतृत्व परिर्वतनबारे सहमति भएको थियो ।

‘आज प्रधानमन्त्रीले स्पष्ट रुपमा भन्नुभयो कि ५ दलको बैठकमा उपचुनावपछि सरकारको नेतृत्व लोसपाले पाउँछ भनेर सहमति भएको थियो’, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश संसदीय दलका नेता अभीराम शर्मा भन्छन्, ‘प्रधानमन्त्रीले त्यसो भन्दा कसैले पनि होइन भन्नुभएन ।’

कांग्रेस र लोसपा दुबै दलले त्यो सहमति कार्यान्वयन गर्न जसपालाई दबाव दिँदै आएको छ । तर जसपा नेताहरुले भने मुख्यमन्त्री यादव नेतृत्वकै सरकारलाई निरन्तरता दिनुपर्ने बताएको छ । बालुवाटार बैठकमा पनि जसपाले यही मत राखेको थियो ।
यस विषयमा टुंगो लगाउन भोलि पुनः गठबन्धनको बैठक बस्ने माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *