Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ ४ गते ।

मधेश प्रदेशका अर्थमन्त्री संजय कुमार यादवले जनअपेक्षा अनुसार अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने बताएका छन् । बुधबार अर्थ मन्त्रालयले आयोजना गरेको पूर्व नीति तथा कार्यक्रम एवं बजेट सम्बन्धि छलफलमा मन्त्री यादवले प्रत्येक वार्डका जनतालाई महसुस हुने गरी बजेट निर्माणको काम सुरु भइसके बताए ।

‘जनताका चाहना अनुसार बजेट ल्याउनु सरकारको दायित्व हो । त्यसैले अगामी आर्थिक वर्षको बजेट जनअपेक्षाकृत ल्याउँछौं’, उनले भने ‘प्रत्येक वडाका जनतालाई महसुस हुने गरी बजेट निर्माण सुरु भइसकेको छ ।’

सीमित स्रोत साधनका बाबजुद जनअपेक्षा पूरा गर्नु चुनौती रहेको मन्त्री यादवको भनाइ छ ।

कार्यक्रममा सहभागी सासंद र प्रतिनिधिहरुले बजेटमा अनावश्यक कुराहरु समेटिनु भन्दा पनि खर्च दर बढाउन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *