सामाजिक फीड-
जनकपुरधाम, जेठ १ गते ।
नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सरकारबाट हटेको झण्डै डेढ महिना पश्चात एमालेले मुख्यमन्त्री सरोजकुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रलाई समर्थन फिर्ता लिएको पत्र बुझाएको एमाले संसदीय दलका नेता तथा पूर्व मन्त्री सरोज यादवले जानकारी दिए ।
२७ पुसमा एमाले लगायत दलको समर्थनमा जसपा संसदीय दलका नेता सरोजकुमार मुख्यमन्त्री बनेका थिए । सरकारमा चार मन्त्रालयसहित एमाले सहभागी बनेको थियो । केन्द्रमा समिकरण फेरिएपछि गत चैत २२ गते मुख्यमन्त्रीको दबाबमा एमालेका मधेश सरकारका चार मन्त्रीले राजिनामा बुझाउँदै सरकारबाट बाहिरिएका थिए । तर समर्थन फिर्ता लिएको थिएन । मधेशमा एमाले २३ सांसदसहित पहिलो दल हो ।