सामाजिक फीड-
जनकपुरधाम, बैशाख २६ गते ।
मधेश भवनमा अर्थमन्त्री संजय कुमार यादव र निर्माण व्यवसायीबीच नोकझोक भएको छ । सम्पन्न योजनाको बाँकी बक्यौता भुक्तानीको गुनासको लागि पुगेका निर्माण व्यवसायी र अर्थमन्त्री यादवबीच मंग्लबार समान्य नोकझोक भएको हो ।
निर्माण व्यवसायीहरु अर्थ मन्त्रालयमा पुगेपछि अर्थमन्त्री यादव त्यहाँबाट निस्केका थिए । निस्केपछि गाडी अगाडी गएर निर्माण व्यवसायीले आफ्नो समस्या सुनिदिन आग्रह गरेका थिए । त्यही क्रममा आवेशमा अर्थमन्त्री यादवले निर्माण व्यवसायीलाई हकारेको उनीरुले दुखेसो पोखेका छन् । त्यसक्रममा समान्य भनाभान भएको थियो ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत निर्माण व्यवसायीको ३८ वटा योजनाको ६८ करोड रुपैयाँ भुक्तानी बाँकी छ । एकवर्षदेखि उनीहरु बाँकी भुक्तानीका लागि भौतारिरहेका छन् ।
त्यसैको लागि उनीहरु मधेश भवन पुगेका थिए । उनीहरुको दबाब पश्चात मंगलबार मुख्यमन्त्री सरोज कुमार यादव, अर्थमन्त्री संजय कुमार यादव र मन्त्रालयका सचिवहरुबीच छलफल भएको छ ।
छलफल पश्चात अर्थमन्त्री यादवले निर्माण व्यवसायीको भुक्तानीका लागि सरकारले छलफल गरेर निकास दिइसकेको र अब नियमावली संशोधन भई आवश्यक प्रक्रिया पुर्याएर दुईरतिन दिनभित्र समस्या समाधान हुने आश्वासन दिएका छन् ।