Samajik Feed – News Portal from Nepal

१९ बैसाख ,जनकपुर। एसिसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा मंगबलार नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै च्याम्पियनशिप हासिल गरेको छ।

नेपाल च्याम्पियन बनेसँगै एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ। नेपालको च्याम्पियन हासिल गर्न गुल्सन झाले अर्धशतक प्रहार गरे। उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन जोडे। दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो।

कप्तान रोहितलाई १ रनमा रोहान मुस्ताफाले शून्यमा बोल्ड गरे भने विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई ८ रनमा युएईका आयान खानले एलबिडब्लू आउट गरे।

ओपनर कुशल भुर्तेललाई १.२ ओभरमा युएईका मुस्ताफाले १ रनमा एलबिडब्लूकै धरापमा पारे।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिदा मंगलबारसम्मका लागि स्थगित भएको थियो।

यूईएले दिईएको ११८ रनको लक्ष्यमा नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर च्याम्पियन भेट्टायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *