Samajik Feed – News Portal from Nepal

१८ वैशाख, जनकपुर । ट्वीटरका सीईओ एलन मस्कले प्रयोगकर्ताहरुलाई एक महत्वपूर्ण संकेत गरेका छन् । सीईओ मस्कले ट्वीट गर्दै अब
ट्वीटरका प्रयोगकर्ताले प्रति आलेखको आधारमा शुल्क तिर्नुपर्ने बताएका हुन् ।

मस्क्ले भन्नेका छन् ट्वीटरका प्रयोगकर्ताले मासिक सदस्यता नलिएका कुनैपनि समाचार वा आलेख पढ्नका लागि धेरै रकम तिर्नुपर्ने हुन्छ । यो फिचर मानिसहरुका लागि यो आयको महत्वपूर्ण श्रोत बन्नेछ र उनीहरु प्रयोगकर्ताका लागि उत्कृष्ट सामाग्री तयार गर्नमा धेरै समय खर्चिन बाध्य हुनेछन् ।’

मस्कले निशुल्क भेरिफाइड अकाउन्टहरुबाट ब्लू टिक हटाउने घोषणा गरेका थिए । साथै ब्लू टिक सब्सक्रिप्सन नगर्ने प्रयोगकर्तालाई ब्लू टिक प्राप्त नहुने भन्दै गत अप्रिल १२ मा उनले एक ट्वीट गरेका थिए । जस अनुसार अप्रिल २० देखि निशुल्क रुपमा प्राप्त लिगेसी ब्लू टिक हटाउन सुरु गरिएको थियो ।

मस्क्ले ट्वीटरका प्रयोगकर्ताहरुबाट प्रति आलेखको आधारमा शुल्क लिइनेछ र यदि उनीहरुले मासिक सदस्यताका लागि साइन अप नगरेमा उनीहरुले महंगो शुल्क तिर्नुपर्नेछ । उनका अनुसार यसबाट प्राप्त सबै आम्दानी सामाग्री सर्जक तथा प्रकाशकहरु सँग जानेछ । अर्थात् यो रकमको कुनैपनि हिस्सा ट्वीटरले राख्नेछैन ।

ट्वीटरका यो फिचर सुरु भएसँगै मिडिया प्रकाशकहरुले प्रति सामाग्रीको आधारमा एक क्लिकमै प्रयोगकर्ताहरुबाट शुल्क लिन पाउनेछन् ।
यो नयाँ नियम मिडिया संस्था तथा आम नागरिक सबैको ठूलो जितको रुपमा रहेको पनि जिकिर गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *