Samajik Feed – News Portal from Nepal

सिन्धुपाल्चोक, १८ वैशाख । तातोपानी नाका पूर्ण रूपमा सञ्चालनमा आएको छ । सोमबारबाट दुईतर्फी आयात निर्यात सुरु भएसँगै यो नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो । आज बिहान नेपालबाट तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिएका छन् ।

गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार आयात निर्यात खुल्ला भएको हो । यसअघि चीनबाट सामग्री ल्याउन एकतर्फी मात्र यो नाका सञ्चालनमा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *