१७ वैशाख, काठमाडौं। आइतबार दिँउसो करिब २ बजे प्रसिद्ध वीर अस्पतालको पुरानो भवनको छतमाथि रहेको पर्खाल भत्किँदा चार जना बिरामीका कुरुवा घाइते भएका छन् ।
छतमाथिको पर्खाल भत्किँदा केही इँट्टा जस्ताको छतभित्र छिरेर तल करिडोरमा पुगेछन । जहाँ बिरामी कुर्ने कुरुवाहरुको लागि बस्ने ठाउँ रहेको छ। पर्खाल भत्किएसँगै केही इँट्टा तल करिडोरमा भएका चार जना बिरामीको कुरुवालाई लागेछ र उनीहरु सामान्य घाइते भएका छन् ।