Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, बैशाख १७ गते ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले मिटरब्याजीको सम्पति सुद्धिकरण हुने गरी कानुन संशोधन गर्न लागेको बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन मिटरब्याज सम्बन्धि जाँचबुझ आयोगको केन्द्रय कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘मिटरब्याजीले असमान्य किसिमबाट सम्पति आर्जन गरेको लाग्यो भने तिनीहरुको सम्पति सुद्धिकरणमा लैजाने प्रावधान पनि कानुनमा राख्ने हाम्रो तयारी छ’, उनले भने ।

उनले मिटरब्याजीलाई सहयोग गर्ने कुनै राजनीतिक दल वा पार्टीको नेतालाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

‘कुनै राजनीतिक दलका नेता वा पहुँचवालाले मिरब्याजीलाई सहयोग गर्न जान्छन् वा भूमिका खेल्न खोज्यो भने उनीहरुलाई पनि कारबाहीको दायरमा ल्याइन्छ’ उपप्रधानमन्त्री श्रेष्ठले चेतावनी दिँदै भने ।

विद्यमान कानुन संशोधन गरेर मिटरब्याज समस्या समाधान गर्ने उनले बताए । ‘विद्यामान कानुन संशोधन गरेर मिटरब्याजीलाई अनुचित लेनदेनको प्रकरणलाई राखेर पीडकलाई कारबाही र पीडितलाई न्याय दिलाउँछौं’ उनले भने ‘यसको लागि छुट्टै कानुन बनाएर संसदले छिट्टै पारित गर्ने गराउने हाम्रो तयारी छ ।

मिटरब्याजीले घरजग्गा नै पास गरेर लिइसकेको अचल सम्पतिलाई समेत रद्द गर्ने कानुनमा संशोध गर्ने उनको भनाई छ ।
‘घरजग्गा नै लिइसकेका छन् भने त्यसलाई रद्द गर्ने कानुन संशोधन हुन्छ । लिनु पर्ने भन्दा बढी रकम पीडितबाट लिएका छन् भने फिर्ता गराउने प्रावधान कानुनमा राख्ने तयारी भइरहेको छ’ मन्त्री श्रेष्ठले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *