सामाजिक फिड-
जनकपुरधाम, बैशाख १५ गते ।
जनकपुरधामको भानुचोकमा आदि कवि भानुभक्तको सालिक निर्माण गर्न लागेको विरोधमा प्रदर्शन भएको छ । शुक्रबार साँझ मधेश केन्द्रित दलका युवाहरुले संयुक्त रुपमा टायर बालेर जनकपुरमा प्रदर्शन गरेका हुन् । प्रदर्शनको क्रममा प्रहरीसंग समान्य झडप समेत भएको छ ।
मधेस आन्दोलनको मर्मविपरित भानुभक्तको शालिक निर्माण गर्न लागिएको भन्दै जसपा, लोसपा, र जनमतका युवा तथा विद्यार्थी संगठनहरु बिरोधमा उत्रेका हुन् ।
२०६२।०६३ को आन्दोलनको क्रममा भानुभक्तको प्रतिमा भत्काएर रमेशचोक नामाकरण गरिएको थियो । त्यसयता सो चौक स्मारकबिहीन थियो । जनकपुरधाम उपमहानगरपालिका कार्यालयले पुनः त्यहाँ आदिकवि भानुभक्तकै प्रतिमा बनाउन सुरु गरेपछि मधेश केन्द्रि दलका युवाहरु चर्को बिरोध गरिरहेका छन् ।
रमेश महतो चोकलाई विस्थापित गरेर पुनः भानू चोक निर्माण गरिनु मधेश आन्दोलनको अपमान रहेको युवाहरुको ठहर छ ।