Samajik Feed – News Portal from Nepal

१४ वैशाख, जनकपुर । सिसी प्रिमियर कपअन्तर्गत कतारविरुद्ध नेपालले ब्याटिङ प्रदर्शन खराब गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २७ ओभरमा ८ विकेट गुमाइसकेको छ।

नेपालले चार ओभरमा दुई विकेट गुमाएको थियो ।ओपनर कुशल भुर्तेल दोस्रो ओभरको दोस्रो बलमा २ रनमा आउट भए भने भीम सार्की चौथो ओभरको तेस्रो बलमा ६ रनमा आउट भए।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २७ ओभरमा ८ विकेट गुमाइसकेको छ।

ओपनिङ ब्याट्सम्यान आसिफ शेख १९ रन बनाएर १२.४ ओभरमा आउट भए। कप्तान रोहितकुमार पौडेल चौथो विकेटको रुपमा २७ रन बनाएर आउट भए। उनले ३६ बलमा २ चौका प्रहार गरे।

सोमपाल कामी ११ रनमा आउट भए। नेपालले २१ ओभरमा ६ विकेट गुमाउँदा ८४ रन जोडेको स्थिति थियो। सातौं विकेटको रुपमा आरिफ शेख ११ रनमा आउट भए। उनी २६.२ ओभरमा आउट हुँदा नेपालले १०२ रन जोडेको स्थिति छ।

आजको खेलमा जित हात पारे नेपाल समूह विजेता बन्नेछ। समूह विजेता भएको अवस्था नेपालले सेमिफाइनल खेल शनिबार कीर्तिपुर मैदानमा खेल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *