Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, बैशाख ८ गते ।

सरकारी बजेटमा नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन निर्माण हुन लागेको छ । मधेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट जनकपुरधामको पीडरिया माइस्थान नजिक काँग्रेसको धनुषा पार्टी कार्यालय निर्माणको थालनी भएको हो ।

आज एक समारोहकाबीच काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधीले शिलान्यास गरेका हुन् ।

आर्थिक वर्ष २०७९÷०८० मा काँग्रेसका तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए ।
शहरी विकास तथा भवन मिर्माण विभागले उपभोक्ता समिति बनाएर भनव निर्माणको काम थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *