Samajik Feed – News Portal from Nepal

सामाजिक फिड

जनकपुरधाम, चैत २५ गते ।

उपराष्ट्रपति रामसहाय यादव जनकपुरधामको प्रसिद्व जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । उपराष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनी जानकी मन्दिरमा विशेष पूजाअर्चना, दर्शन तथा अवलोकन गरेका हुन् ।

उनलाई मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णव सहितका साधुन्तहरुले स्वागत गरेका छन् । उपराष्ट्रपति यादव सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा सरिक हुन जनकपुरधाम आएका बेलामा जानकी मन्दिरमा विशेष पूजा गरेका हुन् ।

बुद्ध एयरको बिमानबाट जनकपुरधाम आएका उनलाई एयरपोर्टमन जसपाका नेताहरु मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री सुरिता कुमारी साह, प्रदेशसभाका सदस्य रामअशिष यादव, पशुपती यादव, लगायतले स्वागत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *