Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत २४ गते ।

मधेश सरकारले २०८० मा ११ दिन सार्वजनिक बिदा दिने भएको छ ।

संघ सरकारले दिने बिदा अतिरिक्त मधेश सरकारले विभिन्न चाडपर्व तथा दिवसको अवसरमा वर्षभरिमा ११ दिन बिदा दिने गरि राजपत्र प्रकाशित गरेको हो ।

मधेश सरकारले बैशाख २ गते शनिवार सिरुवा पावनी, बैशाख १६ गते शनिवार जानकी नवमी, इस्लाम धर्मावलम्बीहरुको पर्व ईद, बकर ईद पैगम्बर मोहम्दको जन्मदिन, मंसिर ४ गते छठ पर्वको अवसरमा बिदा दिने निर्णय गरेको हो ।

यस्तै, पुस १ गते विवाह पञ्चमी, माघ ५ गते बलिदानी दिवस, फागुन १ गते जनयुद्ध दिवस, चैत १३ गते तराई होली पर्वको भोलि पल्ट र चैत २१ गते राम नवमीको अवसरमा बिदा दिने गरि राजपत्र प्रकाशित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *