Samajik Feed – News Portal from Nepal

२४ चैत, जनकपुर । ट्विटरको होमपेज खोल्ने बितिकै प्रश्न देखिन्छ। के भइरहेको छ ? ट्विटरमा धेरै कुरा परिवर्तन भइरहेको छ। यस्तो हुनुको पछाडी विश्वका अरबपति प्रविधि व्यवसायी एलन मस्क ।

मस्क एक वर्षअघि ४४ बिलियन डलर करिब ५४ खर्ब रुपैया मा मस्क ट्विटर किनेका थिए। त्यसले आफ्ना ट्विट र निर्णयका कारण उनि बारम्बार विवादमा पर्दै आएका छन्। ट्विटरको लोगोका रुपमा रहेको निलो चरा (blue bird ) लाई परिवर्तन गरि उनले अहिले डोजकोइन कृपटो क्रेंसिमा प्रयोग हुने आइकन डोज (कुकुर ) लाई ट्विटरको लोगो बनाएका हुन्।

फेब्रुअरी १५ मा उनले एउटा कुकुरको तस्बिर सेयर गर्दै लेखेका थिए। ट्विटरको नया सीईओं कमालको छ। केहि दिनअघि मात्रै मस्कले एउटा मिम सेयर गरेका थिए। जहा एक प्रहरी हातमा कार्ड लिएर उभिएका थिए कार्डमा ट्विटरकै लोगो भएको निलो चरो थियो। तर कुकुरले जवाफ दिएको थियो। यो त पुरानो चरो हो। मस्क्ले उक्त मिमबाट लोगो फेर्ने संकेत गरेका थिए। त्यसैको परिणाम हाल उनले ट्विटरको लोगोमा कुकुरलाई स्थापित गरिदिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *