Samajik Feed – News Portal from Nepal

२१ चैत, जनकपुर । मधेश सरकारबाट नेकपा एमालेले मंगलबार सरकार छाडेसंगै नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुने तयारीमा छन् । उनीहरुले मुख्यमन्त्रीको निर्णय र आफ्नो दलको केन्द्रीय नेताको निर्देशक पर्खेर बसेका छन् ।

मधेश सरकारको प्रदेशमा २२ सांसदसहित दास्रो ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले केन्द्रबाट संकेत पाउने बित्तिकै मधेश सरकारमा सहभागी हुने बताए । गठबन्धनको निर्यण पर्खिरहेको केन्द्रमा, केन्द्रबाट म्याण्डेट मिलेपछि हामी छलफल गरेर कहाँ के कसरी एडजस्टमेन्ट गर्न सकिन्छ भनेर निर्णय गर्छौ । मधेस सरकारमा सहभागी हुन्छौं’, उनले भने ।

लोसपा चौथो दलको हैसियतमा ९ सांसदसहित मधेश सरकारमा जाने तैयारीमा छ । नेकपा एमाले सरकारबाट बाहिरीएपछि लोसपा सांसद उपेन्द्र महतो सरकारमा लोसपासहित तीन दलक सहभागी हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *