Samajik Feed – News Portal from Nepal

२० चैत, जनकपुर । दुईदिनदेखि समाजिक संजालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । उक्त भिडियोमा नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी पनि देखिन्छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट दुईदिन अघि मात्र मन्त्री भएका हुन् ।
ती भिडियो भाइरल हुनुको कारण हो, उनी स्वयम्ले बियरको बोतल लिएर बियरको फिज उडाउनु । महोत्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभामा अत्यधिक मतले जितेका उनी १८ औं पटक मन्त्री बनेर रेकर्ड कायम गरेका छन् ।

एक पार्टी जस्तो ठाउँदेखिने उक्त भिडियोमा मन्त्री भण्डारी र छेउमा पूर्व सांसद निर्जला राउत भेटेका छन् । एक महिला दुबै हातमा फूल बोकेर आउँछन् । भण्डारी र राउतलाई पालैपालो फूल थमाउँछन् । त्यसपछि भण्डारीलाई खादा लगाएर बधाई टक्रयाँएको देखिन्छन् ।
त्यसपछि अर्को दृश्य आउँछ । जसमा अन्य उनका शुभचिन्तक महिला र पुरुष पनि छन् । भण्डारीले बियरको बोतल हातमा लिएर त्यसबाट बियरको फिज उडाउँदै उपस्थितमा शुभचिन्तकहरुको जिउमा छरेका छन् । सहभागीहरु खुसीले झन् उत्साहित देखिन्छन् ।

त्यसपछि बियरको बोतल एक महिला र पुरुषलाई मुखमा लगाएर थोरै थोरै खुवाएका छन् ।
पटक पटक मन्त्री भएकोमा उत्सव मनाइरहेको दृश्य भनेर शेयर टिकाटिप्पणी गरिरहेका छन् । मन्त्रीका समर्थकहरुले भने पुरानो भिडियोलाई अहिले आएर समाजिक संजालमा भाइरल गरि बदनाम गर्न खोजेको भन्दै बचाउ गरिरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *