१९ चैत, जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत पुगेका छन् । लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताएको छ ।
रवि लामिछानेमाथि अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालतमा पुगेका हुन् । प्रहरीले ३० फागुन र महान्याधिवक्ताको कार्यालयले ६ चैतमा राहदानी दुरुपयोग कसुरमा लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको थियो ।
रास्पा सभापति लामिछाने नागरिकता विवाद मुद्धामा १३ माघमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिता त्यगेर नेपाली नागरिता लेने प्रक्रिया पुरा नगरेको भन्दै त्यतिबेला गृहमन्त्रि र सांसद पद गुमाएका थिए ।