Samajik Feed – News Portal from Nepal

१६ चैत, जनकपुर । लोसपाको राजेन्द्र महतो बारा-२ बाट चुनावमा भिड्ने तयारी गरेका छन्। सर्लाही -२ बाट महिद्र राय यादवसंग पराजित
भएका महतो अब बारा – २ मा चुनाव लड्न जान लागेका हुन् ।

लोसपाबाट महतो २०७४ सालमा धुनषाबाट चुनाव लडेका थिए । २०७९ को चुनावमा उनी आफ्नै गृहजिल्ला सर्लाहीमा चुनाव लड्न आइपुगे । तर उनी महिन्द्र यादवसँग पराजित भए ।

जनमत पार्टीले पनि बारा-२ बाट शिवचन्द्र कुसवाहालाई उठाउने तयारी गरेको छ। कुसवाहा बुधबार माओवादी छोडेर चुनावमा उम्मेदवार बन्नका लागि जनमत पार्टीमा प्रवेश गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *