१४ चैत, जनकपुर । मिटरब्याजीद्वारा ठगीएपछि न्याय माग्दै लामो पैदल यात्रा र सडक आन्दोलनका करण थकित भएका मिटरब्याज पिडितहरु आधा भन्दा बढी बिरामी परेका छन। चैत्र २ बर्दिबासबाट हिडेर ११ दिनको लामो यात्रा हिडाईको थकानले काठमाडौँ छिर्नुअघिको उकालो-ओरालोमा समेत निकै गार्हो परेको थियो पिडित भन्छन।
काठमाडौँ माहानगरपालिकाले खुलामंचमा छिर्न नदिएपछि उनीहरु सडकमै सुतेका थिए। मंगलबार बिहान बालुवाटारमा, दिउसो माइतिघर मण्डल र बानेश्वरमा प्रदर्शन गरेका उनीहरु बिरामी परेपछि केहि चिकिस्कले बानेश्वोर धर्नास्थलमै पुगेर परिक्षण गरेका थिए। आधा भन्दा बढी पिडितको अवस्था गम्भीर देखिएको भन्दै चिकिस्कले उनीहरुलाई आराम गर्न सुझाब दिएका छन्।
पिडितहरु बिरामी परेकाले बुधवार धर्ना र प्रदर्शन रोक्नुपर्ने अवस्था आएको मिटरब्याजबिरुद्धको संघर्ष समितका संयोजक बताए ।