१४ चैत, जनकपुर । बर्दिबासदेखि हिँडेरै काठमाडौंसम्म न्याय माग्दै पुगेका मिटरब्याजी पीडितलाई भेट्न प्रधान मन्त्रि प्रचण्ड तयार भएका छन।
मन्त्रिपरिषद्को बैठकमा मिटरब्याजीलाई दण्डित गर्ने गरि कानुन बनाउने निर्णय गरिएको हो। प्रधान मन्त्रि दाहालले प्रधान मन्त्रि कार्यलय , गृह मन्त्रालय र कानुन मन्त्रालयका मिटरब्याजी पीडितसँग वार्ता गर्नका लागि प्रतिनिधिहरु गठन गरिएका हुन्।
प्रधान मन्त्रीले गठन गरेका प्रतिनिधिहरुमा गृहमन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन् ।
समितिले मिटर ब्याजी पीडितसँग भेट्नेछ भने प्रधानमन्त्रीसँग भेटवार्ताका लागि वातावरणसमेत मिलाउनेछ ।
बर्दिबासदेखि न्याय माग्दै प्रधानमन्त्री निवास हिँडेका उनीहरुलाई प्रहरीले टंगालमै रोकेको थियो । हाल उनीहरुले प्रदर्शन गर्दै भद्रकाली पुगेका छन्।