सामाजिक फिड
जनकपुरधाम, चैत ७ गते ।
रौतहटको गरुडा नगरपालिकामा मेयरका प्रत्यासी सूचनाको माग गर्दैृ आमरण आनसन बसेका छन् । मागेको सूचना नदिएको भन्दै मेयरका पराजित उम्मेदवार लोसपा नेता दिपक यादव आमरण अनसन बसेका हुन् । उनले नगरपालिकासँग १२ बुँदे माग राखेका छन् ।
शिक्षा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण तथा उपलब्धी, बिजुलीबत्ती र इन्टरनेट जडानमा भएको खर्चको विवरण र हालको अवस्था, स्वास्थ्य क्षेत्रमा खर्च गरिएका विवरण र उपलब्धिहरु, करारका कर्मचारीहरुको नियुक्तिपत्र र हाजरी रजिष्टरको प्रतिलिपि, तलब, पेश्कीको विवरण, पदपूर्ति समितिको निर्णय र छनौट प्रक्रिया सम्बन्धि विवरण उपलब्ध गराउनुपर्ने उनको अडान छ ।