Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत ६ गते ।

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । गत शुक्रबार ज सपाबाट उपराष्ट्रपतिमा निर्वाचित भएका यादव सोमबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिएका हुन् ।

उनलाई एक विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । शपथसंगै उनले पदभार ग्रहण गरेका छन् ।
यादवको शपथसँगै निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *