Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत ५ गते ।

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसमा झण्डै ३७ प्रतिशत मात्र मतदान भएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को नेतृत्वका चयनका लागि आइतबार बिहान ८ बजेदेखि अपराहन्न ४ बजेसम्म मतदान भएको हो ।

राराब क्याम्पसमा जम्मा ७ हजार २१५ विद्यार्थी मतदाता रहेकोमा २ हजार ६६२ जनाले मात्रै मतदान गरेका हुन् । कुल मतदाताको ३६ दशमलव ८९ प्रतिशत मतदान भएको निर्वाचन समितिले जनाएको छ ।

राराब क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६ जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *