५ असोज, जनकपुरधाम। २ वोटै सदन बाट पास भएको नागरिकता बिधेयक प्रमाणीकरण गर्नका लागि रास्ट्रपति बिद्या देवीभण्डारी कहाँ पुगेको थियो ।
एक पल्ट रास्ट्रपति कहाँ प्रमाणीकरण हुन गएको नागरिकता बिधेयक फर्काइएको थियो। फेरी पनि एकपल्ट सदन बाट पारित भएर नागरिकता बिधेयक रास्ट्रपति कहाँ पुगेको थियो। राष्ट्रपतिलाई १५ दिन म्याद भित्र नै नागरिकता बिधेयकमा हस्तक्क्षर गरि प्रमाणीकरण गर्नु पर्ने थियो। १५ दिनको म्याद बित्यो तर उनले प्रमाणीकरण गरेकी छैनन्।

मधेशी जनता एकदमै आक्रोशित भएका छन्। मधेशीका केहि नेताहरुले आन्दोलनको चेतावनी समेत दिएका छन्।