Samajik Feed – News Portal from Nepal

समाजिक फिड

जनकपुरधाम, चैत ५ गते ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि आज त्रिभुवन विश्वविद्यालय क्याम्पसहरुमा आज निर्वाचन हुँदै छ । जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब)मा पनि स्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
बिहान ८ बजेदेखि सुरु भएको मतदान अपराहन्न ४ बजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ ।

राराबमा २१ सदस्यीय स्ववियु कार्यसमितिका लागि सभापतिमा ६जनासहित कुल ८८ जनाले उम्मेदवारी दिएका छन् ।
मतदान अपराह्न चार बजेसम्म जारी हुनेछ । निर्वाचनलाई लक्षित गरी क्याम्पसहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्ववियु निर्वाचन हुँदैछ । कतिपय क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *