सामाजिक फिड-
जनकपुरधाम, चैत ३ गते ।
जसपा नेपालका सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि खुसियालीमा जनकपुरमा दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ जनकपुरमा जसपा निकट नेता कार्यकर्ताहरुले मैनबत्ती बालेर दीपावली गरेका हुन् ।
बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित यादव शुक्रबार उपराष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी उपराष्ट्रपति बनेको खुसियालीमा जनकपुरधामसहित तराई मधेशका जिल्लामा जसपा नेताकार्यकर्ताले दीपप्रज्वलन गरेका हुन् ।