सामाजिक फिड-
जनकपुरधाम, चैत ३ गते ।
रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई संसद् प्रवेशको बाटो खुलेको छ । रामसहाय निर्वाचित बारा – २ बाट खाली भएपछि उपेन्द्र अब त्यहाँबाट चुनाव लडेर संसद प्रवेश गर्ने तयारीमा छन् ।
जसपा अध्यक्ष यादव गत मंसिर ४ मा भएको निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित भएका थिए ।
आफू सांसद छिर्न नै क्षेत्र खाली गराउन उपेन्द्रले रामसहायलाई उपराष्ट्रपति बनाउने रणनीति पहिलेदेखि नै बनाएका थिए । अब बारा २ मा हुने उपनिर्वाचनमा उपेन्द्र उम्मेदवार हुने करिब निश्चित जस्तै छ ।