Samajik Feed – News Portal from Nepal

३ चैत्र , जनकपुर। नेपालले तेस्रो उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित भएको छ। शुक्रबार भएको उपराष्ट्रपति चुनावमा जम्मा ८२९ मतदान भएको थियो त्यसमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका थिए ।

निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत पाए भने  पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत पाइन् । यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदले मत पाउँदा संघतर्फ २३ सांसदको मत पाइन् 

उपराष्ट्रपतिका लागि एमालेकी अष्टलक्ष्मी शाक्य,जसपाका रामसहाय प्रसाद यादव र जनमतकी ममता झा चुनावी मैदानमा भागलिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *