३ चैत्र , जनकपुर। उपराष्ट्रपति चुनावको मतगणना सुरु भएको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो ।
निर्वाचनमा संघीय संसद्का ३ सय ३४ र प्रदेशसभाका ५ सय ५० सांसद मतदाता रहेकाकोमा संघतर्फ ३११ र प्रदेशसभा तर्फ ५१८ गरी ८२९ सांसदले मतदानमा भाग लिएका थिए ।