Samajik Feed – News Portal from Nepal

१९ फाल्गुन, जनकपुरधाम। नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रपति निर्वाचनमा जात हेरेर मतदान गर्न नहुने बताएका छन् । शुक्रबार ८ दलीय गठबन्धनले बागमतीका प्रदेशसभा सदस्यका लागि आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।
नेता पाण्डेले राष्ट्रपति पदका एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट आकर्षित गर्न जनजाति भनेर प्रचार गरिएको समेत टिप्पणी गरेका छन् । उनले भने, ‘एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको भ्रम सिर्जना गर्ने कुरा आएका छन् । तर, यस्ता कुरालाई आधार बनाएर भोट हाल्ने कुरा हुन दिनु हुँदैन ।’

कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नै रहेकाले सो पार्टीका संघीय र प्रदेश सांसदले अन्य उम्मेदवारलाई मत दिन नहुने बताए ।

नेता पाण्डेले राष्ट्रपति संविधानको रक्षा गर्ने पद रहेको बताउँदै विगतमा राष्ट्रपतिबाटै संविधान कुल्चन मद्दत भएकाले आगामी दिनमा त्यस्तो हुन नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *