२ असोज, जनकपुरधाम। आज आईतबार गायक मुरलीधर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका हुन्। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको हात बाट खादा ओढाई उनलाई पार्टी प्रवेश गराईयो। मुरलीधर नेपाल र भारतको सुप्रसिद्ध गायक हुन्।
उनले भारतको विभिन्न चर्चित फिल्महरुमा पनि अभिनय गरेका हुन्। मुरलीधर मधेश प्रदेशको सिरहा क्षेत्र नम्बर २ वा ४ बाट राप्रपाबाट प्रतिनिधिसभा सदस्यका लागि उमेद्वार बन्ने भएका छन्।
