Samajik Feed – News Portal from Nepal

सामाजिकफिड-
जनकपुरधाम, फागुन २ गते,

सन् २६९ मा आजकै दिन ( फेब्रुअरी १४ ) मा रोमन क्याथोलिक चर्चका सन्त भ्यालेन्टाइनको हत्या भएको थियो। रोम सम्राट क्लाउडियसको दितिय्ले आफ्ना सैनिकलाई प्रेम र विवाहका लागि बन्देज लगाएका थिए। तर त्यसलाई उल्लघन गर्दै भ्यालेन्टाइनले प्रेममा परेका जोडीको बिहे गराइदिएका थिए । जसका कारन भ्यालेन्टाइनलाई प्रेमीहरुका सन्त क रुपमा चिनिने गरिएको थियो।

सम्राटको आदेश उल्लघन गरेको जानकारी पाउन बितिकै उनलाई पक्राउ गरेका थिए। त्यसपछि भ्यालेन्टाइनलाई जेल सजाय र चरम यातना दिइएको थियो। पछि क्लाउडियसले उनको हत्या गरेको भनिन्छ। । त्यसलाई इटलिको टेरनि सहरका विसफ रहेका भ्यालेन्टाइन
रोमको बाहिरि क्षेत्रमा मरिएका थिए । सन् ४९६ मा उनलाई पोप गेलासिय्स प्रथमले उनका सत्कार्यहरु भगवानले स्वीकार गरेको भन्दै सहिद घोसना गरेका थिए। त्यसपछि फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डे ( प्रेम दिवस ) रुपमा मनाउन थालियको हो। जुन १४ शताब्दी देखि विश्वब्यापी बनेको हो ।

समयको साथसाथै सबै थोक अहिले परिवर्तन भएको छ। छुट्टी प्रेम र मित्रता को उत्सव बन्न विकसित भएको छ, र अक्सर कार्ड, फूल, र चकलेट जस्ता उपहार को आदान प्रदान द्वारा चिह्नित गरिन्छ। केही संस्कृतिहरूमा, भ्यालेन्टाइन डे विवाह प्रस्ताव र विवाहको लागि एक अवसर पनि हो। छुट्टी मुख्यतया रोमान्टिक प्रेम संग सम्बन्धित छ, यो पनि साथी र परिवार सदस्यहरु को लागी प्रशंसा र स्नेह व्यक्त गर्न को लागी एक समय को रूप मा मनाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *