२ असोज, जनकपुरधाम। आज आईतबार नेपाल र विश्व बैंकको बीचमा ५२ अर्ब र ९६ करोडको ऋण सम्झौता भएको छ।
नेपाल सरकारले क्षेत्रीय यातायात तथा व्यापार आबद्धता वृद्धि तथा आबद्धता आयोजनाका लागि ३४ अर्ब ९६ करोड र डिजिटल नेपाल गति वृद्धि आयोजनाका लागि १८ अर्ब नेपाली रूपैयाँको ऋण विश्व बैंक सँग लिएको छ।

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका छन् ।