Skip to main content

१३ माघ,जनकपुरधाम। सप्तरी–२ रामपुर गाउँपालिकाका ४५ वर्षीय रामदेव मारिक माघ ९ गते बिहान तनावग्रस्त अवस्थामा थिए । किनभने सो दिन ग्लोबल आइएमई वित्तीय संस्थालाई ब्याजसहितको ऋण फिर्ता गर्ने अन्तिम म्याद थियो ।

जेठो छोरा राजकुमारको बिहेको लागि आफ्नो श्रीमती उर्मिलादेवीको नाममा ९० हजार रुपैयाँ ऋण ग्लोबल आइएमई वित्तीय संस्थाबाट लिएका थिए र मासिक पाँच हजार रुपैयाँ किस्ता तिर्नुपरेको थियो। नियमित आम्दानी नभएकाले उनले किस्ता तिर्न सकेका छैनन्। उर्मिला संस्थाको बैठकमा गएर केहीले ऋण तिरेका थिए। दिउँसो १२ बजे संस्थाका कर्मचारी रकम लिन उनको घर गएका थिए। तर वहाँ सँग किस्ता तिर्न रुपैयाँ नहुदाँ कर्मचारी फिर्ता भए र १ दिनको अझै म्याद दिए।

अर्क दिन बिहान रामदेवलाई घरमा नपाउँदा उनको जेत्हू छोरा राजकुमार र उनकी श्रीमती उर्मिला रामदेवलाई खोजना निस्के। घर भन्दा २०० मिटर को दुरीमा रामदेवको मृत शरीर रुखमा झुन्डेको पाए। प्रहरीद्वारा मृत शरीरलाई पोस्ट मार्टमका लागि अस्पताल लगियो र उक्त घटनाको छानबिन हुदैंछ।
सम्पत्तिको नाममा दुई कठ्ठा जग्गा रहेका रामदेवका दुई छोरा छन् । जेठो राजकुमार घरमै छन् भने १५ वर्षका कान्छो जितेन्द्र मरिक भारत, गुजरातको होटेलमा काम गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *