५ माघ,जनकपुरधाम। प्रतिनिधिसभाको सभामुखमा नेकपा (एमाले)का सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। आज भएको मतदानमा उनको उम्मेदवारीको पक्षमा १६७ मत परेको छ भने सत्तारुढ गठबन्धनको साझा उम्मेदवारलाई निर्वाचित गर्ने प्रस्तावको विपक्षमा १०० मत परेको छ। मतदानमा २ सय ६८ सदस्यले भाग लिएका थिए भने एकजना सांसद मतदानका क्रममा तटस्थ रहे। मतपरिणामका बारेमा बैठकमा जानकारी दिँदै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले घिमिरेले बहुमतका आधारमा पदमा निर्वाचित भएको बताए ।दुई उम्मेदवारः घिमिरे र विपक्षी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्वाचनमा थिए।
घिमिरेलाई एमाले उपाध्यक्ष सुवास नेम्वाङको प्रस्तावमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले समर्थन गरेका थिए। न्यौपानेलाई नेपाली कांग्रेसका महासचिव विश्वप्रकाश शर्माको प्रस्ताव र नेकपा (एकीकृत समाजवादी)का नेता प्रकाश ज्वालाको समर्थनमा उम्मेदवार बनाइएको थियो। २०१३ सालमा ताप्लेजुङमा जन्मिएका घिमिरेले आफ्नो राजनीतिक जीवन विद्यार्थी नेताका रूपमा सुरु गरेका थिए र २०५६ देखि २०६० सम्म राष्ट्रियसभा सदस्य भएका थिए । BS उनी झापा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
६६ वर्षीय नेता अहिले एमाले स्थायी समिति सदस्य र प्रदेश १ को पार्टी इन्चार्ज छन्। संविधानले तल्लो सदनले पहिलो बैठक प्रारम्भ भएको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गर्नुपर्ने व्यवस्था गरेको छ। सभामुख महिला र विभिन्न दलको हुनुपर्नेछ ।