Skip to main content

४ माघ,जनकपुरधाम। मधेशी आयोगले विभिन्न राजनीतिक दलहरुलाई नागरिकता विहिनहरुका समस्या समाधानको लागि आवश्यक प्रक्रिया अगाडी बढाउन पत्र पठाएको छ |

नागरिकता विहिन संघर्ष समितिका पदाधिकारीहरुले आयोगमा पुगेर आयोगका माननीय अध्यक्ष डा.विजयकुमार दत्तज्यू समक्ष नागरिकता नभएको कारणले गर्दा राज्यको हरेक सेवा सुविधा बाट बन्चित हुनुपरेको समस्याले गर्दा नयाँ राष्ट्रपतिको नियुक्ति पश्चात नागरिकता विधयेक २०७९ प्रमाणीकरणमा विशेष भूमिका निर्वाह गरिदिन आग्रह सहितको ज्ञापन पत्र बुझाएका थिए |


सो ज्ञापन पत्र बुझेपछि मा.अध्यक्ष डा.दत्तज्यूले नागरिकता नहुनुको पीडा आयोगले पनि बुझेको र आयोगले यसमा गर्न सक्ने सबै किसिमको सहयोग बाट पछाडि नहट्ने समेत प्रतिबध्ता व्यक्त गर्नुभएका छन् |
नागरिकता सम्बन्धी विधेयक २०७९ दुई पल्ट प्रतिनिधि सभा र राष्ट्रिय सभा बाट पारित भएर सम्माननीय राष्ट्रपतिज्यू समक्ष पुगेपनि सम्माननीय राष्ट्रपतिज्यूबाट प्रमाणीकरण नभएकोले गर्दा आफुहरुलाई राज्यको विभिन्न सेवा सुविधा बाट बन्चित हुनुपरेको सो ज्ञापन पत्रमा उल्लेख गरिएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *