२ माघ,जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भक्तपुरको बालकोटस्थित निवासमा वार्ता सुरु भएको छ। बैठकका लागि बिहान १०ः२० बजे प्रधानमन्त्री दाहाल ओली निवास पुगेका छन्। सो अवसरमा दुई नेताबीच समसामयिक राजनीतिक परिस्थिति र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री दाहालले माघ १० गते संसदबाट विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तारका लागि गृहकार्य गरिरहेका छन्।
आइतबार साँझ पनि बैठक बसेका छन्। आजको बैठकमा प्रधानमन्त्री दाहाल र नेता ओलीबीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भइरहेको छ। राष्ट्रपति र सभामुखको निर्वाचन ओलीको सचिवालयले जनाएको छ । आगामी बुधबार सभामुख पदको निर्वाचन नजिकिँदै गर्दा नेताहरुबीच भेटघाट हुन थालेको छ।