२ माघ,जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङले आज शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा राजदूत सोङले चिनियाँ राष्ट्रपति, उपराष्ट्रपतिको तर्फबाट प्रधानमन्त्रीलाई बधाई दिएका छन्।
उनले नयाँ वर्ष २०२३ को शुभकामना व्यक्त गर्दै नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा चीन सधैं साथमा रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा प्रधानमन्त्री दाहालले चिनियाँ सहयोग, मित्रता र भाइचाराप्रति कृतज्ञता व्यक्त गर्दै राष्ट्रपति, प्रधानमन्त्री र चिनियाँ जनताको सफलता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।