Samajik Feed – News Portal from Nepal

१ माघ,जनकपुरधाम। कास्कीको पोखरामा यति एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल आज पोखरा जाँदै छन् ।

विमान दुर्घटनापछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक बैठक बसिरहेको र बैठक सकिएपछि प्रधानमन्त्री पोखरा प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

‘प्रधानमन्त्रीले सम्भवतः दुर्घटनास्थलको भ्रमण गर्नेछन्,’ उनले भने, ‘प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्री र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र सम्बन्धित क्षेत्रका वरिष्ठ अधिकारीहरु पनि रहनेछन् ।

आज बिहान १०ः३३ बजे काठमाडौंबाट पोखराका लागि उडेको विमान सेती खोलामा दुर्घटना भएको हो । हालसम्म ३२ जनाको शव घटनास्थलबाट निकालिएको छ र उद्धार कार्य जारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *