Samajik Feed – News Portal from Nepal

१ माघ,जनकपुरधाम। यति एयरलाइन्सको विमान दुर्घटनापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजका लागि आवतजावत र बाहिरिने सबै उडान बन्द गरिएको छ ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले विमानस्थलका आजका सबै उडान रद्ध भएको पुष्टि गरेका छन् । क्याप्टेन कमल केसी र अन्जु खतिवडासहित ६८ यात्रु र चालक दलका चार सदस्य बोकेको विमान पोखरामा आज दुर्घटना भएको हो ।

विमानमा सवार यात्रु (६० नेपाली र आठ विदेशी) ६२ वयस्क, तीन बालबालिका र तीन अशक्त व्यक्ति रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *