Samajik Feed – News Portal from Nepal

१ माघ,जनकपुरधाम। पोखरामा आज बिहान दुर्घटना भएको ९एन एएनसी एटिआर ७२ विमानमा सवार १५ विदेशी नागरिकमध्ये ५ भारतीयको मृत्यु भएको आशंका गरिएको छ ।

सेती घाटीमा दुर्घटनाग्रस्त भएको विमानमा चार केबिन र चालक दलका ५७ नेपाली, पाँच भारतीय, चार रुसी, दुई कोरियाली र एक अस्ट्रेलियन, एक आयरिश, एक अर्जेन्टिनी र एक फ्रान्सेली गरी ७२ जना सवार थिए । स्थानीय एयरपोर्टबाट मात्र 2 किलोमिटर टाढा।

हालसम्म भग्नावशेषबाट ३० भन्दा बढी शव फेला परेका छन् भने सुरक्षाकर्मी र स्थानीयले संयुक्त रुपमा उद्धार कार्यमा परामर्श गरिरहेका छन् ।

नेपालको उड्डयन इतिहासमा यो पहिलो ATR72 सम्बन्धित घटना हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *