Samajik Feed – News Portal from Nepal

१ माघ,जनकपुरधाम। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा यति विमान दुर्घटना भएकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमार्फत सबै सरकारी निकाय, सुरक्षा निकाय र स्थानीयवासीलाई प्रभावकारी उद्धार कार्यलाई तिब्रता दिन आग्रह गरेका छन् ।

उनी विमान दुर्घटनाको पूर्ण विवरण लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैबीच प्रधानमन्त्री दाहालले घटनाबारे छलफल गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *