१ माघ,जनकपुरधाम। पोखरामा भएको यति विमान दुर्घटनाको भग्नावशेषबाट ३२ जनाको शव फेला परेको छ ।
६८ यात्रु र चालक दलका चार सदस्य बोकेको ९एन एएनसी एटिआर ७२ विमान आज बिहान ११ बजेतिर सेती खोलामा दुर्घटना भएको थियो ।
यसैबीच, उद्धार कार्य जारी छ, सुरक्षाकर्मी र स्थानीयवासीले संयुक्त रूपमा जहाजमा रहेका बाँकी यात्रुहरूको खोजी र उद्धारको काम गरिरहेका छन्।