Samajik Feed – News Portal from Nepal

३० पुष,जनकपुरधाम। गृह मन्त्रालयको सर्कुलरपछि जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा अनुमतिविना सञ्चालनमा रहेका तीनवटा क्रसर उद्योग बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति र साना तथा घरेलु उद्योग कार्यालयका सदस्य रहेको संयुक्त अनुगमन टोलीले मैदानमा रहेका क्रसर उद्योगको निरीक्षण गरी अनुमतिविना सञ्चालन गरेको तीन वटा उद्योग बन्द गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले रौतहटको वृन्दावन–६ र चन्द्रपुर–८ मा रहेको राम जानकी क्रसर उद्योग, आश्रय क्रसर उद्योग र गुजरा क्रसर उद्योग बन्द गरेको छ ।

जिल्लामा एक दर्जनभन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् ।

जेष्ठ नागरिक संघ रौतहटका अध्यक्ष विजय किशोर झाले जिल्ला प्रशासन कार्यालयले अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्न अनुमति दिएको बताए । ‘गृह मन्त्रालयको सर्कुलरपछि मात्रै डीएओ काममा गएको हो,’ झाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *