२९ पुष, जनकपुरधाम। नेपाली कांग्रेसमा आवद्ध नेपाल विद्यार्थी सङ्घले आगामी चैत १९ गते हुने विद्यार्थी सङ्घको निर्वाचनको तयारी गर्न आफ्ना समर्थकलाई निर्देशन दिएको छ। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै नेविसंघ आबद्ध विद्यार्थीलाई कलेजमा बस्न निर्देशन दिएका छन्। विद्यार्थी संघको चुनावको तयारी विज्ञप्तिमा शेर्पाले निर्धारित मितिमा विद्यार्थी सङ्घको निर्वाचन गराउनु पर्नेतर्फ त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराए। नेविसंघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीका लागि समिति र उपसमिति पनि गठन गरेको छ।
संघले पुजन गन्धर्वको नेतृत्वमा घोषणापत्र समिति गठन गरेको छ। त्यसैगरी सन्तोष उपाध्यायको नेतृत्वमा प्रचार समिति गठन गरिएको छ। लामो समयदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नभएकाले शैक्षिक, सामाजिक विषय र राजनीतिलाई छायाँमा परेको शेर्पाले बताए।
उनले भने, “त्रिविले धेरै पटक स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराएको थियो तर अन्तिम समयमा नै निर्वाचन रद्द गरी सबै विद्यार्थी युनियनलाई दोष दिन सफल भयो। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिवार्य भए पनि प्रत्येक ब्याचको नतिजा अघिल्लो वर्ष निर्वाचनअघि प्रकाशित गरिनुपर्छ, त्रिविको लापरवाहीका कारण धेरै विद्यार्थीको करियर खत्तम भएको छ। विगतमा त्रिविको लापरवाही नै अन्तिम समयमा पुनः निर्वाचन स्थगित हुनसक्ने आशंकामा छौँ। “