Skip to main content

३१ भाद्र, जनकपुरधाम। आज शुक्रबारका दिन मिथिलांचलको महान जितिया पर्व मनाईदै। जितिय पर्व ३ दिन (सप्तमी, अष्टमी, नवमी) सम्म मनाईने चलन आईरहेको छ। आजको शुक्रबार अर्थात् सप्तमीको दिन महिलाहरु बिहानै पोखरी वा नदीमा घिउराको पातमा तोरीको तेल र खारि राखी भगवान जित्वाहनलाई अर्पण गरि जालमा प्रवाह गरि अनि नुहाउने गर्ने प्रथा रहेको छ। महिलाहरुले नुहाए पश्चात त्यहि तोरीको तेल घर लागि आफ्नो परिवारको टाउकोमा लाउने गर्छन्। पूजा गरेको खारि नुहाएकै घाटमा चिलो र स्यालका लागि राखी तिनलाई ब्रत बस्न निम्तो दिने गरिन्छ।

विवाहित महिलाहरुले आज मध्ये रात्रीमा भगवान जित्वाहनलाई घिउराको पातमा चिउरा, दाहि र फलफुल अर्पण गरि र काग बोल्नु भन्दा पहिले आफ्नु पनि दर खाने गर्दै आएका छन्। दोस्रो दिन अर्थात् अष्टमीका दिन महिलाहरुले निर्जल ब्रत राख्ने गर्छन। यस दिन महिलाहरु पोखरी गई र नुहाएर पूजा र कथा सुन्ने गर्छन।

अन्तिम दिन अर्थात् नवमीको दिन महिलाहरु फेरी पोखरी गई नुहाउछन् र भगवान जित्वाहनको पूजा अर्चना गरि अनि घर गई केहि फलफुल, दुध र दाहि खाई आफ्नो ब्रत तोड्ने गर्ने गर्दा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *